काठमाडौँ । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७० करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार दुई गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको हो । यसैगरी बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुप्रयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको बताउनु भयो ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेनको औपचारिक भ्रमणको स्वीकृति समेत दिएको छ । बैठकले विभिन्न चार जना मन्त्रीको बैदेशिक भ्रमणको पनि स्वीकृति दिएको छ । प्रधानमन्त्री ओलीले यही असार १६ गतेदेखि २१ गतेसम्म स्पेन भ्रमण गर्ने कार्यतालिका रहेको छ ।



मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका लागि प्रतिनिधि मण्डल गठन गर्नेदेखि विभिन्न चार जना मन्त्रीहरुको वैदेशिक भ्रमणको स्वीकृति र विश्व बैंकबाट ऋणसहुलियत रकम स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।
हेरौं मन्त्रिपरिषद् बैठकका निर्णय





