काठमाडौं । दिपक मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेका मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो ।

संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुने निर्णय गरेको हो । साथै, उनले विवरण ढाँटेर प्रदेशसभा सदस्य बनेकोसमेत इजलासको ठहर छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशह? सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङ्गेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय