काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं १ मा एक आफ्नै भाउजुलाई देवरले हत्या गरेका छन् । कुन्छालबस्तीमा आज दिउँसो करिव ५५ वर्षीया तुलुमाया गोपालीको देवर वीरमल गोपालीले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

आवर न्यूज क्रुसँग कुराकानी गर्दै तुलुमायाका पारिवारजनले वीरमल लागुऔषध सेवन गर्ने गरेको र नसाकै सुरमा भाउजु तलुमायाको खुकुरी प्रहार गरी हत्या गरेको जनाएका छन् । वीरमल लागूऔषध सेवन गरेर घरमा सधै झगडा गर्ने र आज पनि घरमा सामान्य विवाद भएपछि खुकुरी प्रहार गरेर भाउजुको हत्या गरेको जनाएका छन् ।

वीरमल भाउजु तुलुमायाको हत्या गरेपछि चौकीमा आफै गई आत्मसमर्पण गरेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
तुलुमायाको शव अहिले इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीले वीरमललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय