काठमाडौं । नेपालमा कोभिड संक्रमणमा ओमिक्रोनको सब–भेरिएन्टको पछिल्लो पुस्ताको सब–भेरिएन्ट भेटिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब–भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जेठ २२ देखि २९ गतेसम्म छिमेकी देश भारतबाट आएका र त्यहीबाट नेपाल आउने नागरिकमा पनि आरडिटी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको जानकारी दिनुभयो ।



ओमिक्रोनको सब–भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकसित रुप हो । महाशाखाले हाल देशभर पुस यता २५ जिल्लाबाट १६७ कोभिड संक्रमित भेटिएको जनाएको छ ।
जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १३१, कोशी प्रदेशमा चार, मधेश प्रदेशमा पाँच, गण्डकीमा तीन र लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना रहेका छन् ।



