काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा क्षेत्रमा रहेको पुल भाँचिदा यातायात पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत रहेको काठमाडौं आउने वैकल्पिक मार्गको रुपमा यो सडक रहेको थियो ।
सडकको पुल भाचिएपछि पूर्णरुपमा सवारी आवागमन बन्द भएको छ । शनिबार बिहान मालबाहक गाडी पुल पार गरेलगत्तै उक्त पुल भाचिएको स्थानीयले बताएका छन् ।



हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।



