चन्द्रगिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरी स्पेनको सेभियामा हालै सम्पन्न ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।

सम्मेलनका क्रममा नगर प्रमुख गिरीले ‘दिगो विकास लक्ष्यका लागि स्थानीय वित्त – वर्तमान अवस्थाको समीक्षा र भविष्यको योजना’ लगायत विभिन्न महत्त्वपूर्ण सत्रहरूमा भाग लिएका थिए। उनले UN-Habitat Nepal को सहयोगमा चन्द्रगिरि नगरपालिकाले तयार पारेको स्वैच्छिक स्थानीय समीक्षा (Voluntary Local Review) र त्यसको कार्यान्वयन प्रक्रियाबारे आफ्ना अनुभवहरू आदानप्रदान गरे।

नगर प्रमुख गिरीले सहरी वित्तीय रणनीतिहरूमा डिजिटल कर संकलन, सम्पत्ति तथा व्यवसाय कर सुधार, भूमिमा आधारित वित्तीय व्यवस्थापन र समुदायमा आधारित लागत बाँडफाँडका मोडेलहरूबारे पनि छलफल गरेका थिए। उनले जलवायु वित्तमा स्थानीय पहुँच सुनिश्चित गर्न, शासन प्रणालीलाई सशक्त बनाएर सहजीकरण गरी आवास तथा आधारभूत सेवामा निजी लगानी आकर्षित गर्नका लागि आवश्यक नीतिगत सुधारको महत्त्वमा जोड दिएका थिए।

यस सम्मेलनमा उनको सहभागिताले चन्द्रगिरि नगरपालिकाको दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा भएका प्रयासहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर मिलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय