चन्द्रागिरी नगरपालिकाको गौरवको आयोजना मानिने नागढुंगा सुरुङ मार्गको निर्माणस्थलमा आरआईबीएस (RIBS)का डे बोर्डर विद्यार्थीहरूले अवलोकन भ्रमण गरेका छन्। यो अवसर विद्यार्थीसहित शिक्षक, विद्यालयका कर्मचारी तथा यातायात टोलीको सहयोगमा सम्पन्न भएको हो। अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले सुरुङ निर्माणको प्रक्रिया, प्रयोग भइरहेका प्रविधि र त्यसको भविष्यमाथिको प्रभावबारे नजिकबाट बुझ्ने मौका पाए।

निर्माणाधीन सुरुङको प्रत्यक्ष अवलोकनले विद्यार्थीहरूमा देशको भौतिक पूर्वाधारप्रतिको सरोकार अझ बलियो बनाएको विद्यालयले जनाएको छ। आरआईबीएसका शिक्षकमण्डलका अनुसार, यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूमा ‘ठूलो सपना देख्ने’ प्रेरणा दिने र नेपालमा भइरहेको विकासप्रति गर्व गर्न सिकाउने विश्वास लिइएको छ। यस किसिमको अनुभवले विद्यार्थीहरूलाई इञ्जिनियरिङ्, पूर्वाधार र नवप्रविधिप्रतिको रुचि बढाउनुका साथै देश विकासप्रति सचेत र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय