झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर एकापसमा जुध्दा दुईजनाको मृत्यु भएको छ भने बालकसहित दुईजना गंभीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको पहिचान खुलेको छ । मृत्यु हुने स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने बर्ष ६० का श्रीप्रसाद राजबशी रहेका छन् । सोही स्कुटरमा सवार उनकी बुहारी वर्ष २७ की उर्मिला राजबशी घाईते र नाति वर्ष ३ का आयुष राजबशी गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

आज दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो । स्कुटर चालक राजवंशी र नाम थर वतन नखुलेका मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको शव सोही अस्पतालमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय