झापा, असार २८ – प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि शनिबार झापा पुगेका छन्। उनले झापा र इलामका विभिन्न क्षेत्रमा विकास निर्माण र सार्वजनिक सेवा सम्बन्धी कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिकामा नव निर्मित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गरेका छन्। त्यसपछि उनी इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, खानेपानी आयोजना शिलान्यास तथा सुकुम्बासी नागरिकहरूलाई जग्गा धनीपुर्जा वितरण कार्यक्रममा सहभागी भएका छन्।

प्रधानमन्त्रीको उपस्थिति आजै कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघ हलमा आयोजना गरिएको अर्को धनीपुर्जा वितरण कार्यक्रममा पनि रहेको छ। उनी आज राति झापामै रहने कार्यक्रम छ।

भोलि असार २९, प्रधानमन्त्री ओलीले दमकस्थित कृष्णमन्दिर खण्डबाट उत्तरतर्फ मदनडाँगी–ताराबारी डिपो सडक उद्घाटन गर्नेछन्। त्यसपछि रतुवा खोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसैदिन दिउँसो बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण अवधिभर सुरक्षा सतर्कता कडा पारिएको छ भने स्थानीय तहहरूले कार्यक्रमको तयारीमा सक्रियता देखाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय