राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले संसदमा जारी गतिरोधको सन्दर्भमा सभामुख देवराज घिमिरेको भूमिकामाथि कडा आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमा विशेष समय लिएर बोल्दै नेता लिङ्देनले भिजिट भिसा प्रकरणमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निरन्तर विरोध जनाइरहँदा पनि त्यसलाई बेवास्ता गर्दै जबरजस्ती संसद् चलाइएको भन्दै आपत्ति जनाउनुभयो । सभामुखले प्रयास र पहल नगरी प्रतिपक्षी दलको आवाजलाई दबाउन खोजेको भन्दै सभामुखको भूमिकालाई इतिहासकै कालो समयको संज्ञा दिनुभयो ।



अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सुशासनप्रति पनि प्रश्न उठाउनुभयो । उहाले मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छरु भन्दै प्रश्न गर्नुभयो । सरकारले जनतालाई भ्रममा पार्ने र गम्भीर विषयमा ध्यान नदिई मूल मुद्दाबाट जनमत विचलित गराउने आरोप लगाउनुभयो ।
राप्रपा र रास्वपाले भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा सरकारको स्पष्ट जवाफ र छानबिनको माग गर्दै डेढ महिनादेखि संसद अवरुद्ध गर्दै आएका छन्। तर सत्ता गठबन्धनका दलहरू बहुमतको आधारमा सदन सञ्चालन गरिरहेका छन्, जसप्रति लिङ्देन लगायत विपक्षी नेताहरूले असहमति जनाउँदै आएका छन्।



