रोजगारीको लागि युवाहरु विदेशीरहँदा नमोबुद्ध, डाँडागाउँवेशीका प्रेम लामाले भने व्यवसायीक खेतिलाई प्राथमिकता दिएर मनग्य आम्दानी गरेका छन् ।

डेड करोड लगानी गरेर व्यवसायीक खेतिमा लागेका उनको बगैचामा ९ सय ४० बोट सुन्तला, ३ सय बोट बोधिचित्त, १ सय २० बोट कागती, ६ सय बोट कफि, एभोगाडो, अन्जिर, स्याउ, अम्बा लगायतका थुप्रै विरुवाहरु रोपेका छन् । ६ सय बोट कफि रोपेको मध्ये गत असोजमा आएको पहिरोले ८० बोट मात्र जोगिएको छ । आफु मात्र हैन फार्ममा दैनिक चार जनालाई रोजगारी समेत दिएका छन् । अघिल्लो बर्ष ८ लाखमा सुन्तला बेचेका लामाले यो बर्ष दोब्बर बनाउने योजनमाा छन् । परिवारका सबै सदस्यहरु समेत उक्त फार्ममा कृयाशिल भई विरुवाहरुको संरक्षणमा जुटेका छन् ।

नर्सरी देखि उत्पादनसम्म व्यवसायीकतामा रम्न थालेका लामाले फार्म स्टे र पशुपालन पनि गरिरहेका छन् । नमुनाको लागि १ हजार ६ सय विरुवामा थोपा सिंचाई मार्फत सिंचाई गरिरहेका छन । चालु वर्षमा कृषि ज्ञान केन्द्रले थोपा सिंचाईका लागि अनुदान दिए पछि उनि आफैले थप रकमको जोहो गरेर १ हजार ६ सय विरुवामा सहज र सरल तरिकाबाट सिंचाई पु¥याएका छन् । यो विधी नहुँदासम्म ४२ वटा धारा मार्फत सिंचाई गर्नु पर्दथ्यो । श्रोत, साधन र समयको समेत धेरै खर्च हुँदा उक्त विधी प्रभावकारी बनेको लामाले भने ।

युवाहरुलाई सहुलियत ऋण, प्रविधि सहितको तालिम र आधारभुत पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्न सक्यो भने स्वदेशमा नै ब्यवसायीक खेतिमा आर्कषण हुने लामाले बताए । पशुपालन र कृषिका लागि सरकारी कोषबाट विभिन्न मितिमा १३ लाख रुपैया सहुलियत प्राप्त गरेको बताउँदै समृद्धी प्रेम बाटिका बहुउदेश्यीय फार्मका संचालक समेत रहेका लामाले भने सडक पुर्वाधार, विजुली जस्ता अत्यावश्यक संरचनामा राज्यको सहयोग हुन सके ब्यवसायीक कृषि र पशुपालनमा युवाहरुको आर्कषण रहन्छ ।

कृषि विकास कार्यालय, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले लामाको फार्ममा संचालन भएको थोपा सिंचाई कार्यक्रमको प्रभावकारीता र ब्यवसायीक फार्मका समस्या तथा सम्भावनाका बारेमा जानकारी लिएको थियो । थोपा सिंचाई कार्यक्रम कम बजेटको तर धेरै प्रभावकारी भएको कृषि इन्जिनियर रामप्रसाद अधिकारीले बताए । समय, श्रोत र उत्पादनका हिसावले पनि प्रभावकारी भएकाले कृषि विकास कार्यालयले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न साझेदारी गरेको उनले भनाई छ ।

बाबु धिरबहादुर तामाङले ३० वर्ष वर्ष अघि ५ रोपनी जमिनमा लगाएको सुन्तलाका १ सय ४० वोटको संरक्षण गरिरहेका उनले ८ सय विरुवा थप गरेका छन् । कृषि विकास कार्यालयले अघिल्लो वर्ष खेतिका लागि टनेल उपलब्ध गराएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले गोठ सुधारका लागि सहयोग गरेको छ । आगामी वर्ष नर्सरी ब्यवस्थापनका लागि आवश्यक सहयोगको अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय