अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निजी र सामुदायिक विद्यालयहरू बन्द गरी आज देशव्यापी एक दिने शैक्षिक हड्ताल आह्वान गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनले उच्च शुल्क वृद्धि, निजीकरण, र शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन जारी राख्ने बताएको हो ।



उनीहरुको माग यस्तो छ:
निःशुल्क आधारभूत र माध्यमिक शिक्षा सुनिश्चित गर्न
निजीकरण रोक्ने र शिक्षा ऐन चाँडै लागू गर्ने
निजी विद्यालयहरूले अस्वाभाविक रूपमा शुल्क वृद्धि नगर्ने
प्रभाव
आज देशभर निजी विद्यालय बन्द भएका छन्, जसले लाखौं विद्यार्थीको पठन–पाठन प्रभावित भएको छ । केही विद्यालयले जोखिम जोखिम वारे पढाइ सञ्चालन गरिरहेको भए पनि अधिकांशले बन्द घोषणा गरेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ताले आन्दोलनबारे ज्ञापनपत्र लिइएको र छलफलमा रहेको बताए, तर शैक्षिक बन्दको विधिवत् अनुमोदन नभएको जवाफ दिएका छन्



