काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।
बलात्कार आरोपमा अदालतबाट झालाई पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।



पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ ।



