सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झण्डै डेढ् दर्जन घाइते भएका छन् ।काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान उक्त ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा हालसम्म सनाखत भएकामध्ये एक जना सप्तरीका पनि छन् । महादेवा गाउँपालिका-६ का ३५ बर्षीय शंकर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका ६बस्ने ७० बर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ । एक जना अन्दाजी ४० बर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन् । घाइते हुनेहरुमा १० जना सप्तरीकै छन् । सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने बर्ष नखुलेको रबिन्द्र प्रसाद मण्डल, बर्ष नखुलेको रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ बर्षीय जिवछ महात्मान छन् ।

यस्तै, राजविराज नगरपालिका-६ बस्ने १० बर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ बर्षीय प्रमोद रजक, राजविराज-२ बस्ने २४ बर्षीय भोला यादव, ३५ बर्षीय प्रदीप यादव घाइते छन् । त्यस्तै विंगरका सह चालक राजविराज-४ बस्ने २१ बर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० बर्षीया अमृता राय, र तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ बर्षीय रवि राय पनि घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय