काठमाडौं । काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकापस्थित नापी कार्यालयका एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत रहेको नापी कार्यालय कलंकी ३ नम्बर नापी टोलीका एक कर्मचारी कार्यालयबाटै १३ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका हुन् । घटनास्थलमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आरोपी कर्मचारीसँग प्रहरी, जनप्रतिनिधिसहित सोधपुछ र मुचुल्का संकलन गरिरहेको छ ।

यस सम्बन्धी थप जानकारी अनुसन्धानपछि मात्र उपलब्ध गराउन सकिने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय