काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रूपा चौधरीले सुरक्षा घेराभित्र रहेका बन्दीको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा गर्न नसक्ने बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा चौधरीले सुरक्षा घेरामा बस्ने बन्दीहरूबीच झडप हुँदासम्म प्रशासन मौन किन बस्यो ? भन्दै प्रश्न गर्नुभयो ।

कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषयमा सरकार जानाजान मौन बसेको आरोप लगाउनु भयो । सांसद चौधरीले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कैलाली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय