काठमाडौं । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र बालबिज्याइँकर्ताबीच झडप भएको छ । झडपमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल, गायत्री प्रसाद ढकाल शिक्षक, अन्य दुई प्रहरी घाईते भएका छन् ।

बाल सुधार गृहमा रहेका बन्दीले खैनी खाएको विषयमा प्रहरीसँग झडप भएको बुझिएको छ । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाले झडप नियन्त्रणमा आइसकेको बताउनु भएको छ । ५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू रहेका छन् । अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ ।

बाल सुधार गृहको क्षमता ५० जना रहेपनि २४९ बन्दी रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय