काठमाडौं । सहज रुपमा चरिचरन नहुँदा भोजपुरका भेडापालक किसानको पेशा नै संकटमा परेको छ । व्यावसायिक रुपमा भेडापालन गरिरहेका किसानहरुले चरन क्षेत्रको अभावसँगसँगै छाडा कुकुरको समस्याले पेशा नै छोड्नु पर्ने अवस्था सिर्जना भएको बताउँछन् ।
स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले चरण क्षेत्रको अभावसँगसँगै सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्ने र छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेकोले धेरै किसानले यो पेशा छोड्दै गएको बताउनु हुन्छ ।



मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडापालन गरिरहेका छन् ।
भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् ।



