काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा ९एमाले० को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताउनु भएकोछ। विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने दाबी समेत गर्नु भयो। आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गदै आफु नेकपा एमाले नै भएको र एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएकोले अहिलेपनि एमालेको कार्यकर्ता रहेको दाबी गर्नुभयो ।
राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उहाँले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गर्नुभयो। राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भन्दै उहाँले ‘राजतन्त्र र गणतन्त्र फरक हो ।यो आवधिक हुन्छ। जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सकने भण्डारीको जिकिर थियो।



सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको जानकारी दिनुहदै पार्टीको औपचारिक कुरा के छ आफुलाई त्यो थाहा नभएको प्रष्ट पार्नुभयो।सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नी भन्दै भण्डारीले कमिटीमा बस्नेहरूलाई थाहा होला ।’उहाँले आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पार्नुभयो।
भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्नु भक्एको थियो । उहाँले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्नेसमेत बताउनुभएको थियो। त्यसलगत्तै बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले उहाँको नविकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो । उहाँ सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आउनु भएको छ।
भण्डारीले आफ्नो सदस्यता पार्टीको बिधान र प्रक्रिया अनुसार नविकरण भइसकेकको जिकिर समेत गर्नु भएको छ। राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उहाँको भनाइ छ ।आफू आलोचनाभन्दा मुक्त नरहेको भन्दै र गुट चलाएको आरोपको प्रतिवाद गदै भण्डरीले‘मलाई गुट चलाउन जआउन र मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्न जवाफ दिनुभयो ।



