पर्साको वीरगन्जमा हैजाको संक्रमण समुदायस्तरमा फैलिएको छ। शनिबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ भने झाडापखालाका बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ। अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। हैजा नियन्त्रणका लागि आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ, विद्यालय दुई दिन बन्द गरिएका छन्, र खानेपानीको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा फैलिएको हैजा नियन्त्रणका लागि वीरगन्जमा आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ, र आइतबार र सोमबारका लागि सबै विद्यालय बन्द गरिएका छन्। खानेपानीमा क्लोरिन प्रयोग गर्ने, पानी उमालेर पिउने, र सरसफाइबारे जनचेतना फैलाउने काम तीव्र रूपमा भइरहेको छ। अस्पतालमा बिरामीको चाप यति धेरै छ कि भुइँमै राखेर उपचार गर्नुपरेको छ।



खानेपानी तथा ढल( प्रणाली मिसिएका क्षेत्रमा पानीका नमूना सङ्कलन गरी काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको छ । हैजाको महामारी फैलिएको वीरगन्जका प्रभावित ११ ठाउँको खानेपानीको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको छ । हैजाका बिरामीहरु भेटिएका टोलमा पुगेर संकलन गरिएको खानेपानीको नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा शनिबार पठाइएको हो । नाला र ढलको प्रदुषित पानीबाट भिब्रियो कोलरीन जीवाणु खानेपानीको श्रोतमार्फत मानिसको शरिरमा पुगेर हैजा फैलिएको आशंका गरिएको छ ।
मधेश प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा। विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा। चुमनलाल दासलाई १७ प्रकारका औषधि र सामग्री हस्तान्तरण गर्नुभयो ।
वीरगन्जको यो स्वास्थ्य संकटले खानेपानी र सरसफाइको महत्त्वलाई फेरि एकपटक उजागर गरेको छ। हैजा नियन्त्रणका लागि स्थानीय प्रशासन, प्रदेश सरकार, र स्वास्थ्य टोलीको समन्वय अपरिहार्य छ। यसैगरी सरकारले वीरगञ्जमा हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा राखेको जनाएको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको गरेको जनाएको हो । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जनाकारी दिनुभयो । बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी हुनुहुन्थ्यो ।



