काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ बाणस्थलीस्थित त्रिवेणी धाममा महिलाहरुले अरुणधतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । ऋषि पञ्चमीको अवसरमा महिलाहरुले बिहानै देखि त्रिवेणी धाम पुगेर अरुणधतीसहित सप्तऋषिको पूजाआराधना गर्दै पंचमी पूजासमेत लगाएका हुन् ।

पञ्चमीको दिन नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । पञ्चमीको दिन अरुणधतीसहित सप्तऋषिको पूजा गर्नाले महिलाहरुले वर्षदिनसम्म अन्जानमा गरेका कुनै त्रुटी भए त्यसबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय