काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १ ले वडालाई बाल श्रम मुक्त घोषणा गर्ने भएको छ । वडाबाट जारी सूचना अनुसार यही भदौ १५ गते बाल श्रम मुक्त वडा घोषणा गर्न लागेको हो ।

चन्द्रागिरि नगरपालिका बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ को लक्ष्य अनुरुप बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ लाई अबलम्बन गर्दै वडा नं. १ लाई पनि बालश्रम मुक्त वडा घोषणा गर्न लागेको वडा अध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो । वडा अध्यक्ष रानाका अनुसार घोषणा सभा अघि ¥यालीको आयोजना गरिएको पनि बताउनु भयो । ¥याली विहान साढे सात बजे वडा कार्यालयबाट सुुरु भई खहरे, त्रिवेणी चोक, सृजना चोक, मिलनचोक हुँदै श्रीकृष्ण माविको पूरानो भवनमा आएर सभामा परिणत हुने पनि अध्यक्ष रानाले जानकारी दिनुभएको छ ।

साथै उहाँले घोषणा सभामा सहभागी हुन सम्पूर्ण वडावासीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय