काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयलाई चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउण्डेशनले खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १३स्थित श्री मंगल माध्यमिक विद्यालय नयाँ नैकापमा फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नगरभित्र रहेका २४ वटा विद्यालय मध्ये १५ वटा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो । फाउण्डेशनले विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्दा विद्यार्थी संख्याको आधारमा प्रदान गरिएको जानकारी दिएको छ । फाउण्डेशनले फुटबल, भलिबल, बास्केटबल, प्रोटेबल एयरपम्प, ट्रेनिङ भेस्ट, ट्रेनिङ स्पोर्टस कोनलगायत १४ प्रकारका गरी ३ हजार ८३ थान खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले सामुदायिक विद्यालयमा विभिन्न संघसंस्थाले सहयोग गर्दैआएकोले यस्तो सहयोगले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि हौसाल प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष राजभाई महर्जन, फाउण्डेशनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय