काठमाडौं । चन्द्रागिरि नगरपालिका अब महिनाको प्रत्येक शुक्रबार कार्यालय वरिपरि तथा समुदाय स्तरमा वातवरणीय सरसफाई कार्यक्रम गर्ने भएको छ ।

आइतबार सूचना जारी गर्दै नगरपालिकाले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि डेंगी संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सरसफाई कार्यक्रम गर्न लागेको हो । नगरपालिकाले ‘लामखुट्टेको बासस्थान र लार्भा खोज तथा नष्ट नगर अभियान’ नै गर्न लागेको हो । नगरले सूचना मार्फत सबै वडा तथा सार्वजनिक स्थलमा पनि सफाई गर्न आग्रह गरेको छ । सम्भावित महामारी रोकथाम तथा नियन्त्रणको लागि जनस्वास्थ्य कार्यालयले परिपत्र समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय