काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा रहेको मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल उत्कृष्ट आयुर्वेद अस्पतालबाट सम्मानित भएको छ । सम्मान कार्यक्रममा अस्पतालका प्रमुख नारायण आचार्यले अवार्डले आफ्नो प्रयासलाई राष्ट्रिय स्तरमै मान्यता दिएको र आगामी वर्षमा सेवा विस्तार, समुदाय पहुँच र विशेषज्ञ सेवामा अझ मजबुती ल्याउने लक्ष्यमा रहेको बताउनु भयो । उहाँले नगरप्रमुखलगायत जनप्रतिनिधिहरूको निरन्तर समर्थन अस्पतालको सफलता र उत्कृष्टताको आधार भएको पनि बताउनु भयो ।

आचार्यको नेतृत्वमा गत वर्ष अस्पतालले २६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेकोमा १५ हजारले पञ्चकर्म सेवा लिएका थिए । यस वर्ष अस्पतालले १५ शैयाको भर्ना क्षमता सहितको सेवा विस्तारको तयारी पनि पूरा भएको आचार्यले जानकारी दिनुभयो । अस्पतालले नरदेवी अस्पतालसँग सहकार्य गर्दै विशेषज्ञ सेवा निरन्तर गर्दै आएको छ । साथै, समुदायस्तरमा महिनावारी स्वास्थ्य सचेतना, सेनिटरी प्याड उत्पादन तालिम, इमर्जेन्सी तालिम, इमर्जेन्सी किट वितरणजस्ता कार्यक्रममार्फत पछाडि परेका महिला, बालबालिका र अल्पसंख्यक समुदायसम्म स्वास्थ्य सेवा पुर्याउँदै आचार्यले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्यमा स्वास्थ्य खबर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट अस्पताल, उत्कृष्ट चिकित्सक, उत्कृष्ट नर्स, उत्कृष्ट जलन अभियन्ता, उत्कृष्ट गाउँपालिका, उत्कृष्ट स्वम्सेविकालगायतको अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय