काठमाडौँ — राजधानीमा जारी जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको भवनमा आगजनी गरेका छन्। स्रोतका अनुसार आक्रोशित समूहले केहीबेरअघि भवनमा प्रवेश गरी आगो लगाएका थिए। आगलागीका कारण अदालत परिसरमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

सुरक्षाकर्मीले तत्काल घटनास्थलमा पहुँच पाए पनि ठूलो भिडलाई नियन्त्रण गर्न कठिन भएको थियो। अहिलेसम्म कुनै मानवीय क्षति वा घाइतेको विवरण सार्वजनिक भएको छैन। जेनजी आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र सरकारी बेथितिप्रति असन्तुष्टिका कारण देशभर फैलिएको छ। राजधानीका अन्य संवेदनशील सरकारी कार्यालय र नेताहरूका निवासमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय