दुर्गा पूजाको अबसरमा मटिहानी नगरपालिकामा शांति कलश यात्रा निकालिएको छ । घटस्थापनाको शुभ साइतमा निकालिएको सो कलश यात्राले नगर परिक्रमा गर्दै विश्व शान्ति र मानव कल्याणसँगै मंगल कामना गरेको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल,सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागितामा निकालिएको सो कलश यात्रामा हजारौ को संख्यामा भक्तजन ले सहभागिता जनाएका छन ।शोभा यात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिर प्राङ्गणबाट शुभारम्भ गरी नगरका मुख्य–मुख्य मार्ग हुँदै सीमापारी भारतको मधवापुर समेत प्रबेश गरि यात्रा पूरा गरेको छ । नेपालको मटिहानी तथा भारतको मधवापुरमा हुने दुर्गा पूजामा कलश यात्रा तथा विशर्जन यात्रा दुबै देश आउने जाने गरेको छ ।

श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीको विशेष पहलमा आयोजना गरिएको सो शोभा यात्रामा दुर्गा भवानीको नौ(९) वटा शक्तिपीठको प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय