काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ । आइतबार आयोगले कार्कीलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित सुर्खेतमा पक्राउ गरेको हो ।

गाउँपालिकाको सातौं तहका वरिष्ठ लेखा अधिकृत कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा छ ।

गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय