काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाईने महान् पर्व बडादशैंको नवौं दिन शक्ति स्वरुपा भवानी माता सिद्धिदात्रीको पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ । उनको वदन वर्ण खैरो रहेको छ । विद्या, ध्यानसाधना कलासाधकहरुले नित्य सिद्धिदातृ देवीको पूजा गरिरहेका हुन्छन् । देवता, सिद्ध, गन्धर्व, यक्ष, असुरलगायतले आफ्नो कार्यसिद्धिका लागि सिद्धिदातृदेवीको आराधना गर्दछन् ।

भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रपट्टी देवीलाई उत्पन्न प्रार्थना गरी अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ । भवानी सिद्धिदात्रीको आज काठमाडौंको हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको मन्दिरमा विशेष पूजाआजा गरिन्छ ।

यो मन्दिर दशैंको नवमीका दिन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय