काठमाडौं । तीन दिनको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुगेको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेकोे छ । मोरङ जिल्लामा मात्रै २५–३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा रहेको र स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको जनाएको छ । साथै बाढीपछि सङ्क्रामक रोग फैलिन सक्ने जोखिम बढेकोले सतर्कता आवश्यक रहेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय