काठमाडौं । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभी र ना ५ प ५५५८ नम्बरको मोटरसाइकलबीच ठक्कर खाएपछि अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेको उद्वार गरी उपचारको लागि स्थानीय क्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय