उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडकमा गुढिरहेको कारमा भएको आगलागी भएको छ । ईलामबाट काठमाडौतर्फ जादै गरेको बा ९ च ८६६८ नम्बरको फोर्ड कम्पनीको भिभो कारमा आगलागी हुँदा कार पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ईलामको चुलाचुली गाउँपालिका–५ का कार चालक ४२ वर्षिय प्रेमसेन्चुरी उनकी श्रीमती अनिता सेन्चुरी, १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेका छन् । अर्का छोरा वर्ष ७ का आरोन सेन्चुरी सामान्य घाइते भएकाले उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दोङले बताउनुभयो ।






