काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीले कविता वाचन कार्यक्रम गरेको छ । ११७औं लक्ष्मी प्रसाद देवकोटा जयन्तीको अवसरमा आयोजित कविता वाचन तथा दशैं, तिहार न्हुदं ११४६ र छठपर्वको पावन अवसरमा भेटघाट तथा कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।




नेकपा कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले २ हजार ६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनताको हितमा काम गर्न थालेपछि कम्युनिष्ट पार्टी हाम्रो पार्टी भन्ने जनताले महसुस गरेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टी स्थापनापछि पार्टीका कमिटीहरु हरेक वडा र टोल टोलमा पुगेको भन्दै कम्युनिष्ट पार्टी पूर्वमेची देखि पश्चिम लिम्पियाधुरा कालापानीसम्म पुगेपछि कम्युनिष्ट पार्टी हाम्रो रहेछ भन्ने महसुस गरेको उल्लेख गर्नुभयो ।
यस्तै राउतले साहित्यिक क्षेत्रमा नेपाललाई राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पनि लक्ष्मी प्रसाद देवकोटाको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । उहाँले जनता, सीमाना, भूगोल, सस्कृति, साहित्य, ऊर्जा सम्पूर्णलाई नजरअन्दाज गर्दै इतिहास विर्सने गरी कुनै एउटा समूहले मात्र देश हाक्न खोजेको जस्तो हावा हुण्डरी जस्तो आएझै वातावरण धुमिल बनाउन खोजिएकोले साहित्यको माध्यमबाट त्यसलाई चिर्न खोजिएको बताउनु भयो ।

उहाँले कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतृत्वहरु, नागरिक समाज, संचारकर्मी, सुरक्षा निकायलगायतको प्रतिनिधित्वले कार्यक्रमको शोभा बढाएको अनुभूति आफुले गरेको विस्वास व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडा कार्यालय अगाडीको चौतारोमा आयोजित कार्यक्रममा अधिकांश वडाका ३५ जना व्यक्तिहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।



