काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले शनिबार एकै दिन ६ हजार ३ सय ९३ जना भक्तजनले पाथीभराको दर्शन गरेको जनाएको छ ।

पाथीभरामा वर्षभर नै भक्तजनको उपस्थिति हुने गरेको छ । तर विशेषगरी दशैंतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदशैंको आसपासमा समेत धेरै भक्तजन पुग्ने गरेका छन् ।

समितिले यसअघि गत असोज महिनाभरमा २९ हजार १ सय ७४ जना भक्तजनले मन्दिरको दर्शन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय