काठमाडौं । सञ्चारकर्मी तथा टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ अब युट्युबको दुनियाँमा प्रवेश गर्न लागेका छन्। बानियाँका घनिष्ठ मित्र तथा युट्युबर टीकाराम यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिएका हुन् ।

हिमालय टेलिभिजनमा प्रधान सम्पादकको रूपमा काम गरिरहेका बानियाँ पछिल्लो समय संस्थाका संचालकसँग खटपट परेपछि आफ्नै अनलाइन प्लेटफर्म र युट्युबमार्फत पत्रकारिता गर्ने तयारीमा रहेका छन् । उनले टेलिभिजन औपचारिक रूपमा छोडिसकेको पुष्टि भने भइसकेको छैन ।

यात्री स्वयं पनि पहिले टेलिभिजन सम्पादक रहेर पछि युट्युबमा सक्रिय भएका हुन् । हाल युट्युबमा प्रवेश गर्नेहरूमा बानियाँ ताजा नाम भएपनि, यसअघि दिलभूषण पाठक, बिजयकुमार पाण्डेलगायतका वरिष्ठ पत्रकार पनि मुख्यधारको टेलिभिजनबाट युट्युब पत्रकारितातर्फ मोडिइसकेका छन् ।

माध्यम परिवर्तनसँगै अब बानियाँले पनि आफ्ना प्रस्तुति, अन्तर्वार्ता र सामाजिक विषयवस्तुहरू युट्युबमार्फत सार्वजनिक गर्ने तयारीमा छन् । यसले नेपाली पत्रकारिता र मिडिया क्षेत्रमा नयाँ प्रतिस्पर्धा थप्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय