काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरबाट किलाचौर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जीप धुलेओडार भन्ने स्थानमा दुर्घटना भएको छ । गएराति करिब १० बजेतिर जीप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका–६ बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्युु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते हुनेहरूमा लुङ्ग्री–७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री–४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीका अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको जानकारी दिएका छन् । सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । जीप सडकबाट सिधै खोलामा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय