काठमाडौं । बिहानैदेखि परेको अविरल वर्षाले गोरखा जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
गोरखा नगरपालिका–१० सिर्दीफाँट यतिबेला जलमय बनेको छ । तिहार लगत्तै धान काटेर खेतमा सुकाएर भित्र्याउन ठिक्क पारेको बेला पानी परेपछि क्षति पुगेको छ । नकाटेका धानहरूको पानीले बाला झरेको छ ।



जिल्लास्थित कृषि ज्ञान केन्द्रले यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेको, करिब ४० प्रतिशतले धान काटिसकेको र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् ।
जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।
त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।



