पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरी -ए-इन्साफ पीटीआईको विरोध प्रदर्शन अघि इस्लामावाद र रावलपिण्डीमा कुनै पनि र्‍याली, धर्ना, प्रदर्शन गर्न रोक लगाइएको छ ।दुवै शहरका प्रशासनले धारा १४४ अन्तर्गत कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभाको अनुमति नभएको बताएका छन्। यस अन्तर्गत डिसेम्बर १ देखि ३ गतेसम्म कुनै पनि सार्वजनिक सभा, र्‍याली, जुलुस, धर्ना, प्रदर्शन गर्न, ५ वा सोभन्दा बढी मानिसहरू भेला हुन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको मृत्युको हल्ला र देशमा अशान्ति फैलने डरबीच यो निर्णय गरिएको हो । गत हप्ता मात्र खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले रावलपिण्डीको अदियाला जेल बाहिर धर्ना दिएका थिए ।

उनलाई आठौँ पटकसम्म इमरानलाई भेटन रोकिएको थियो । इमरानका परिवारका सदस्यहरूलाई पनि केही हप्तादेखि भेट्न दिइएको छैन। यता खैबर पख्तुनख्वामा सुरक्षा अवस्था खराब भइसकेको भन्दै सरकारले राज्यमा राष्ट्रपति शासन लगाउने तयारी गरिरहेको समाचार सार्वजनिक भएका छन् । अदियाला जेल पुगेका खैबर पख्तुनख्वा राज्यका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई प्रहरीले नोभेम्बर २७ मा सडकमा लडाई कुटेको थियो। मुख्यमन्त्री अफ्रिदीमाथिको आक्रमणको कारबाही सेनाको आदेशमा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । यता इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले इमरानका छोराछोरीलाई उनलाई चिठी पठाउन पनि अनुमति नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायले अनौठो मौनता कायम राखेको बताएकी छन् । इमरान खानका छोरा कासिम खानले पनि आफ्नो बुबाको बारेमा ुजीवित रहेको प्रमाणु मागेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय