काठमाडौं । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम संग्राहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटकको आकर्षन बढेको हो ।

विशेष गरी मुस्ताङ घुम्न पुगेका पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । पछिल्लो समय औसतमा दैनिक ३ सय पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् ।

शालग्राम शिलालाई १ सय मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको सङ्ग्रहालयले जनाएको छ ।

संग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले पछिल्लो चार महिनामा २५ हजारभन्दा बढी पर्यटकले संग्रहालयको अवलोकन गरेको बताउँछन् । गत वर्ष झण्डै दुई लाख पर्यटक पुगेका थिए । सङ्ग्रहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो ।

त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ३ सय किलो तौलसम्मका शालिग्राम छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय