अष्ट्रेलियाको सिड्नीमा बोन्डी समुद्री तटमा बन्दुकधारीले गोली चलाउँदा दश जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन । दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन । अर्कोलाई पक्राउ गरेको छ । संदिग्ध व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीले बताएका छन् । घाइते हुनेमध्ये दुई जना प्रहरी अधिकारीछन् । बोन्डी समुद्र तटमा हनुक्काह बाइ द सी नामक कार्यक्रममा सयौं मानिसहरू भेला भएका थिए, जुन हनुक्काह यहूदी पर्वको सुरुवातको उत्सव मनाइँदै थियो । प्रहरीले आफ्नो अपरेशन जारी रहेको जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।
अष्ट्रेलियामा सामूहिक गोलीकाण्डका कारण हुने मृत्यु अत्यन्तै दुर्लभ छ । १९९६ मा टास्मानियाली शहर पोर्ट आर्थरमा भएको नरसंहारमा एक जना बन्दुकधारीले ३५ जनाको ज्यान लिएका थिए । सन् २०१४ मा पाँच जनाको मृत्यु भएको थियो भने २०१८ मा सात जनाको मृत्यु भएको घनाथ रहेको छ जसमा बन्दुकधारीहरूले आफ्नै परिवार र आफैंलाई मारेका थिए । सन् २०२२ मा, क्वीन्सल्याण्ड राज्यकोमा क्रिश्चियन अतिवादीहरूले दुई प्रहरी अधिकारीहरूलाई गोली हानी हत्या गरेका थिए ।






