काठमाडौं । लामो समय अमेरिका बसेर नेपाल फर्किएका चन्द्रागिरि नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष शम्भुकुमार केसी फेरि विदामा बसेका छन् । अमेरिकाबाट फर्किएपछि मंसिर ११ गते वडाको जिम्मेवारी सम्हालेका वडा अध्यक्ष केसी पुनः पुस २ र ३ गते पारिवारिक कारण देखाउँदै विदामा बसेका हुन् ।

वडा अध्यक्ष आफ्नो घरायसी काममा बस्नु सामान्य कुरा हो । तर, उनले अहिले दिएको कार्यवहाकको जिम्मेवारीले सेवाग्राही र कर्मचारीलाई भने समस्यामा पारेको छ । वडा अध्यक्ष केसीले आफ्नो जिम्मेवारी वडा सदस्य रामशरण महतलाई सुम्पिएका छन् । महत आफै अस्वस्थ भई लामो समयदेखि घरमै आराम गरि बसिरहनु भएको छ । सेवाग्राहीले वडाबाट एउटा सिफारिस लिन पनि अब घरमा आराम गरी बसेका कार्यबहाक वडा अध्यक्ष रामशरण महतको घरमा फाइल बोकेर पुग्नुपर्ने अवस्था आएको छ ।

वडाको काम वडाबाटै हुनुपर्नेमा अस्वस्थ महतलाई कार्यबहाक दिएर अध्यक्ष केसीले अन्य तीन जना जनप्रतिनिधिलाई कि उपेक्षा गरे ? तीन जना जनप्रतिनिधि हुँदाहुँदै वडा अध्यक्ष केसीको यस्तो कदमले वडाका जनप्रतिनिधिबीच मतभेद सतहमा आएको नै छ जनता र कर्मचारीले समेत दुःख पाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचत पाँचै जना जनप्रतिनिधिबीच समय समयमा मनमुटाब हुने गरेको भनि बाहिर प्रचार भएता पनि त्यो अहिले आएर वडा अध्यक्ष केसीले पुष्टि गरेका छन् ।

स्मरण रहोस् कार्यबहाक वडा अध्यक्ष महत विगत केही महिना अघि घरमै लडेर खुट्टामा गम्भीर चोट लागेपछि अहिले घरमै आराम गरिरहनु भएको छ । कार्यालयमा आउनै नसक्ने विरामी महतलाई कार्यबहाक दिएर अध्यक्ष केसीले अन्य तीन जना आफ्ना सारथीमाथि अविश्वास किन गरे ? के चन्द्रागिरि–७ का अन्य तीन जना जनप्रतिनिधि कार्यबहाकका लागि अयोग्य वा अविस्वासी नै छन् त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय