काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिक मध्ये सबै भन्दा बढी उमेरका एक पुरुष र एक महिलालाई विशेष कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष घनश्याम लुइँटेलले ज्येष्ठ नागरिकहरु दैनिक शारिरिक रुपले अशक्त हुँदै जाने र आफ्ना साथी र दौतरीलाई भेट्न समेत कठिनाई हुने अवस्था भएकोले वडाले उनीहरुबीच भेटघाटको वातावरण तयार गरेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिक सधै घरको घरमै रहँदा उनीहरुले एक्लो महसुस गर्ने र आफ्नो मनका कुरा मनमै गुम्सिदा त्यसले झनै समस्या निम्त्याउने हुँदा उहाँहरुको एक्लोपनको दुरी घटाउन वडा पुल बनेको उल्लेख गर्नुभयो । अध्यक्ष लुइँटेलले वडाका ज्येष्ठ नागरिकलाई मायाँको चिनो स्वरुप न्यानो सिरक प्रदान गरेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, सुशासन समितिका संयोजक एवम् १३ नम्बर वडाका वडाध्यक्ष श्रीकृष्ण खत्री, आर्थिक विकास समितिका संयोजक एवम् ८ नम्बर वडाका वडाध्यक्ष प्रल्हाद रिजाललगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई दिवा खाजासहित सामान्य स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय