काठमाडौं । काठमाडौंबाट चरिकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१–ज ०२८८ नम्बरको ईभी भ्यान भिमेश्वर नगरपालिका–९, आहाल डाडामा दुर्घटना भएको छ ।
दुर्घटनाको खबर प्राप्त भएसँगै घटनास्थलमा प्रहरी टोली उद्दारको लागि पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धाबाट जमेको तुसारोमा चिप्लिँदा भ्यान अनियन्त्रित भई सडकबाट झरेर दुर्घटना भएको जनाएको छ ।






