काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

अटो चालक शारदा नगरपालिका ६ निबासी २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालकसँग सवारी चालक अनुमतिपत्र नभएको समेत प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । अटोमा चालकसहित ११ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय