काठमाडौं — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो चरणको निर्वाचन तयारीको क्रममा मतपत्र छपाइको काम अनुगमन गर्न उच्चस्तरीय टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुर पुगेको छ। प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, साथै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका आयोगका पदाधिकारीले मतपत्र छपाइको प्रक्रिया प्रत्यक्ष निरीक्षण गरेका थिए।

स्रोतका अनुसार, अनुगमनको क्रममा मतपत्र छपाइ, सुरक्षा उपाय, गुणस्तर र निर्वाचन प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल भएको थियो। आयोगका पदाधिकारीहरूले मतपत्र वितरण, गोपनीयता र सुरक्षित भण्डारण प्रक्रियामा कुनै पनि कमजोरी नरहिराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो निरीक्षण प्रतिनिधि सभा निर्वाचन २०८२ लाई निष्पक्ष, पारदर्शी र सुरक्षित बनाउन सरकार र निर्वाचन आयोगबीचको सहकार्यको हिस्सा मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय