बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट बझाङको सुनकुडाका लागि छुटेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायका अनुसार दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

मृतकहरूको विवरण:

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश बझाङका बासिन्दा छन्:

• बझाङ (बित्थडचिर–७): केशव राज जोशी (४०), अशोक राज जोशी (१३), बसन्त जोशी (३५), विष्णुदत्त जोशी (४१) र नरेश राज जोशी (४२)।

• बझाङ (केदारस्यु): मोहन देव भट्ट (६०)।

• बझाङ (जयपृथ्वी–७): बसन्त राज रतला (४०)।

• बैतडी (पुर्चौडी–७): पुष्पा अवस्थी।

(अन्य मृतकको पहिचान खुल्ने क्रममा छ)

घाइते र उद्धार:

दुर्घटनामा परी ४० जना घाइते भएका छन्। घाइतेहरूको डडेलधुरा अस्पताल, बझाङको देउलेक र धनगढीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। रातिको समयमा दुर्घटना भएका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय