काठमाडौं । बैतडीमा बिहीबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरूप प्रत्येक परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिएका छन ।

त्यस्तै, दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने निर्णय पनि गरिएको छ । बिहीबार साँझ, बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा धेरै यात्रु घाइते भएका थिए र केहीको मृत्यु भएको थियो ।

प्रदेश सरकारले मृतकका परिवारलाई आर्थिक राहत दिने निर्णयसंगै घाइते यात्रुहरूको स्वास्थ्य उपचारमा पनि सरकारी सहयोग सुनिश्चित गर्ने व्यवस्था मिलाएको छ । यसले प्रभावित परिवार र यात्रुहरूको तत्काल आवश्यकता पूर्ति गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय