काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन आह्वान गर्नु भएको छ । ग्याल्पो ल्होछारका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै यसलाई सफल बनाउन आह्वान गर्नुभएको हो ।



राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको भन्दै यसलाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा जाति विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुसीको विषय भएको उहाँले बताउनुभयो ।
ग्याल्पो ल्होछार बुधबार मनाइँदै छ ।



