काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत उनले पार्टी छोडेको जानकारी दिएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका छन् । राई टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट थिए ।

राइले सामाजिक सञ्जालमा लेखेका छन् : ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले भनेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय