काठमाडौं । सोमवारदेखि हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । नियमित पालोअनुसार उडान भर्ने समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएको र नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट फिर्ता नआउँदा हवाई सेवा अवरुद्ध भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण सिमिकोटका अनुसार सोमवार र मङ्गलवार दुई दिन लगातार हवाई सेवा अवरुद्ध भएको छ । यी दुई दिन समिट एयर र नेपाल एयरलाइन्सले उडान भर्ने तालिका रहे पनि समिटको जहाजमा प्राविधिक समस्या आएको र नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट नेपालगन्ज नआएकाले हुम्लाको उडान हुन नसकेको बताइएको छ ।

हाल हुम्लाका लागि निजी एयरलाइन्सले हप्तामा दुई–दुई दिन पालो लगाएर उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले हप्ताको सोमवार र मंगलबार उडान भर्ने गरे पनि पछिल्लो समय नियमित उडान हुन छाडेको छ । हवाई सेवा बन्द हुँदा निर्वाचनमा मतदान गर्न जिल्ला बाहिरबाट आएका यात्रु मर्कामा परेका छन् ।

यस्तै, अस्पतालले जिल्ला बाहिर ’रिफर’ गरेका बिरामीहरू समेत उडान रोकिँदा समस्यामा परेका छन् । निर्वाचनका लागि हवाई मार्ग हुँदै सात सयभन्दा बढी यात्रु जिल्ला भित्रिएका थिए, जो अहिले फिर्ता हुन पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय